रोजगारीका क्रममा महिला श्रमीकलाई धेरै समस्या छन्ः सचिव बस्नेत
प्रकाशित मिति : 22 July, 2025 4:27 pm
काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला श्रमीकले देशभित्र वा बाहिर रोजगारको क्रममा विभिन्नखाले समस्या भोग्नु परिरहेको बताएकी छन् ।
मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले महिला श्रमीकहरुले श्रम गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परेकाले त्यसलाई हटाउन जरुरी रहेको बताएकी हुन् ।
रोजगारीका लागि महिलाहरू विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम रहेको बताइन् । सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको पाइएको बताइन्।
सचिव बस्नेतले श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनिरहेको बताइन् ।








