१९ मंसिर २०८२, शुक्रबार

एमाले केन्द्रिय कमिटी बैठकमा विद्या भण्डारीलाई राजनीतिमा ल्याउन नहुने मत बलियो

प्रकाशित मिति :  22 July, 2025 4:46 pm


काठमाडाैँ । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ ।

केन्द्रिय कमिटीको सोमवार र मंगलवारको बैठकमा बोल्ने अधिकांश नेताहरूले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने मत राखेका हुन् । उनीहरूले गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने की नआउने कुरा प्राविधिक विषय मात्रै नभएको बताए ।

बैठकबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्रको गौरवको रुपमा रहीसकेको व्यक्ति कुनै राजनीतिक दलमा प्रवेश गर्नेकुरा एउटा राजनीतिक दलको विषय मात्रै नभएको बताए।

उनले यो विषयलाई आागमी दिनमा पर्ने प्रभावलाई मध्यनजर गरेर संविधानको भावना र मर्मअनुसार नजिर स्थापित हुनेगरी निर्णय लिनुपर्ने बताए। केन्द्रिय कमिटीको बैठकले यसबारे निर्णय लिने उनको भनाइ छ । एमालेमा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको पनि जानकारी दिए । 

उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रवेश गर्न दिनेकुरा राजनीतिक आन्दोलनमा पार्ने प्रभावलाई ध्यानमा राखेर निर्णय हुने पनि बताए । 



प्रतिक्रिया दिनुहोस !