१९ मंसिर २०८२, शुक्रबार

नेपालका कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्ड जस्ता भएः उपमहासचिव शर्मा

प्रकाशित मिति :  22 July, 2025 5:34 pm


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौँमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। कम्युनिष्ट पार्टीहरूभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरणहरू नै हराउँदै गएको उनको भनाइ छ ।

उनले जनवादी केन्द्रियताको कुरा गर्ने कम्युनिष्ट पार्टीहरूमा जनवाद हराउँदै गएको बताए । उनले कम्युनिष्ट पार्टीहरुको केन्द्रियता नोकरशाही केन्द्रियतामा परिणत भएको भन्दै समिक्षा गर्ने बेला भएको पनि बताए । 

उपमहासचिव शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरुले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताए । कम्युनिष्ट पार्टीहरूले ९ पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा गरिबी, दलित र जनजातिमाथिको उत्पीडन, महिला हिंसा र बेरोजगारी हटाउन नसक्नु गम्भीर समस्या भएको उनको भनाइ छ ।

उनले कम्युनिष्ट पार्टीहरू कुर्सीको खेलमा अल्मलिँदा जनताले निकाश नपाएको बताए । उपमहासचिव शर्माले ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पूरा ग¥यौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ । कम्युनिष्ट आन्दोलन सुधार गर्ने वा विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिष्ट नेताहरूले बोक्नुपर्ने उनको भारणा छ । 



प्रतिक्रिया दिनुहोस !