१९ मंसिर २०८२, शुक्रबार

एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको

प्रकाशित मिति :  23 July, 2025 11:31 am


काठमाडाैँ । नेकपा (एमाले) ले आगामी भदौ महिनामा हुने विधान अधिवेशनका लागि सुझाव संकलन सुरू भएको जनाएको छ ।

मंगलवार राति सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णयहरू आजै (साउन ७ गते) तल्ला कमिटीहरूमा पठाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रचार विभाग प्रमुख गौतमकाअनुसार एमाले सचिवालयले केन्द्रिय कमिटी र पदाधिकारीको संख्याबारे राखेको प्रश्ताव केन्द्रिय कमिटी बैठकले अनुमोदन गरेको छ ।

यस्तै जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउनुपर्ने सुझाव अस्वीकार गर्दै बैठकले जिल्ला कमिटीलाई कार्यकारी नै राख्ने निर्णय पनि गरेको छ ।  

छलफलको क्रममा जम्मा २६४ जना केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्यहरूले भाग लिएका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । सचिवालय, पोलिटब्यूरो हुँदै ५ र ६ गते केन्द्रिय कमिटीको बैठक बसेको थियो । बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको छ । 



प्रतिक्रिया दिनुहोस !