जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनपुरधामलाई विवाह केन्द्रको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
बुधवार जनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले विश्वभर देशबाहिरका धार्मिकस्थलहरुमा गएर विवाह गर्ने संस्कृतिको विकास भइरहेको उल्लेख गर्दै राम र सीताको विवाहस्थल समेत रहेको जनपुरधामलाई म्यारिज हवको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।
त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्नु जरुरी रहेको पनि उनकाे भनाइ छ । उपप्रधानमन्त्री सिंहले नेपालको सांस्कृति एवं धार्मिक पहिचानको संरक्षणका लागि आफ्नो स्थानबाट सबैले सहयोग गर्न जरुरी रहेको पनि बताए ।
धार्मिक महत्व बोकेको जनकपुरधामलाई विश्वकै उत्कृष्ट धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्दै अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।








