१९ मंसिर २०८२, शुक्रबार

जनार्दन लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु

प्रकाशित मिति :  23 July, 2025 5:53 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अहिले सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई बोल्दै उनले उपमहासचिव शर्मालक्षित कटाक्ष गर्दै आफू फरक मतको विरोधी नभएको बताएका हुन् ।

उनले भिन्न मतलाई दमन गर्नेकुरा आफ्नो कमजोरी नभएको जिकिर गरे। उनले आफ्नो बारेमा पार्टीभित्र पनि यसबारे आलोचना हुने गरेको उल्लेख गर्दै आफूले फरक मत राखेकै आधारमा कसैलाई पनि पार्टीबाट निष्कासन नगरेको जिकिर गरे।

उनले फरक मत राख्नेलाई पार्टीमा छलफलका लागि प्रशस्त समय दिएको उल्लेख गर्दै अहिले पनि सिंगौरी खेल्ने क्रम जारी रहेको बताए । उनीहरूलाई डेढ महिना देशभर नै परामर्श भन्दै सँगै लिएर हिँडेको बताए । 

अध्यक्ष दाहालले अब दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न जरुरी रहेको बताए। आजैबाट एउटै कम्युनिष्ट पार्टी बनाउन पहल सुरू गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !