१९ मंसिर २०८२, शुक्रबार

प्रतिपक्ष बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो ?

प्रकाशित मिति :  24 July, 2025 5:02 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले मधेश प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । उनले मधेशको खोनपानीको समस्या विगत वर्षहरुमा समेत राख्दै आएको पनि सरकार गम्भीर नहुँदा संकट उत्पन्न भएको बताए । उनले मधेशमा घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न पनि माग गरे । 

उनले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग गरे । उनले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत सरकारको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !