२० मंसिर २०८२, शनिबार

मिश्रित निर्वाचन प्रणालीका काराण् कुनै एउटा पार्टीले बहुमत ल्याउन कठिन छः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  24 July, 2025 5:03 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउन कठिन रहेको बताएका छन् ।

काठमाडौँमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व र स्थिरता नभए विकास निर्माणका काम पनि अघि बढ्न नसक्ने बताएका हुन् ।

राजनीतिक स्थायित्व कायम भएपछि नै अर्थतन्त्रले गति लिने बताए। कसैको पनि बहुमत नल्याएका कारण नै विभिन्न राजनीतिक दलहरु मिलेर सरकार बनाएको जिकिर गरे।

अहिलेको राजनीतिक वस्तुस्थितिलाई राम्रोसँग केलाएर आफ्नो कदमहरू अघि बढाउनु जरुरी रहेको बताए । उपप्रधानमन्त्री सिंहले आर्थिक रुपान्तरणका लागि पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !