२० मंसिर २०८२, शनिबार

जलस्रोत विधेयकमाथि दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

प्रकाशित मिति :  25 July, 2025 6:34 am


काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। समितिको बैठक सिंहदरवारस्थित संसद् भवनको बैठक कक्षमा बिहान ११:४५ बजेका लागि निर्धारित गरिएको छ।

आजको बैठकको कार्यसूचीमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने विषय समावेश गरिएको छ । समितिले विधेयकको हरेक दफा (धारा)लाई बिस्तृत रूपमा अध्ययन तथा बहस गर्दै आवश्यक परिमार्जन, सुझाव र सिफारिस गर्ने तयारी गरेको छ ।

जलस्रोतको समुचित उपयोग, संरक्षण, व्यवस्थापन र अधिकारसम्बन्धी महत्वपूर्ण प्रावधान समेटिएको उक्त विधेयकलाई प्रभावकारी, व्यवहारिक र समसामयिक बनाउने उद्देश्यका साथ दफावार छलफल गरिन लागिएको हो ।

बैठकमा समितिका सदस्य सांसदहरूसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरू, जलस्रोतसँग सम्बन्धित विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ ।

सरकारले प्रस्तुत गरेको जलस्रोत विधेयक, २०८१ हाल समिताको विचाराधीनमा रही संसदमा पारित गरिने प्रक्रियामा अगाडि बढाइएको छ । समितिले छलफलबाट प्राप्त सुझावहरूलाई समेट्दै विधेयकलाई अझै प्रभावकारी बनाउने कार्य गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !