१९ मंसिर २०८२, शुक्रबार

संसदीय समितिले त्रिवी क्रिकेट मैदानको अवलोकन गर्ने

प्रकाशित मिति :  27 July, 2025 2:07 pm


काठमाडाैँ । संसदीय समितिले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानको अनुगमन गर्ने भएको छ ।

आइतवार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यसबारे जानकारी गराएको हो ।

समितिले सोमवार दिउँसो २ बजे निर्माणाधिन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताउनु भयो । अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लड लाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भइरा अहिले काम भइरहेको छ । 

मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !