१९ मंसिर २०८२, शुक्रबार

राजनीतिक स्थिरताका लागि एमाले-काँग्रेस सहकार्य भएकाे हाेः मन्त्री पाण्डे

प्रकाशित मिति :  27 July, 2025 2:55 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एमाले-काँग्रेस सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताएका छन् ।

आइतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले काँग्रेस र एमाले पार्टीको सहकार्य र प्रतिष्पर्धा काम गर्नका लागि नै भएको बताएका हुन् ।

अहिलेकै गठबन्धनलाई ०८४ सम्म लैजाने र ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने अठोटका साथ अहिलेको गठबन्धन अघि बढिरहेको बताए । दुई पार्टीबिचको प्रतिष्पर्धा काँग्रेसबाट सरकारमा गएका वा एमालेबाट सरकारमा गएका कुन मन्त्रीले राम्रो गरे भन्ने रहेको बताए । 

मन्त्री पाण्डेले साहित्यमा विपी कोईरालाको योगदान अविष्मरणीय रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !