१९ मंसिर २०८२, शुक्रबार

मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्दैनः सांसद भट्टराई

प्रकाशित मिति :  27 July, 2025 5:59 pm


काठमाडाैँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन नसक्ने टिप्पणी गरेका छन् ।

आइतवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले मुुलुकको लेखा प्रणाली बलियनो नभएसम्म लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन नसकिने बताएका हुन् ।

उनले सानो अर्थतन्त्र भएको नेपालजस्तो मुलुकमा यति धेरै बेरुजु आउनु सामान्य कुरा नभएको बताए । मुलकमा सुशासनको अभाव, आर्थिक पारदर्शीता नहुनु तथा कर्मचारीको कमजोर कार्यक्षमताका कारण बेरुजु बढ्दै गइरहेको बताए ।

सांसद भट्टराईले वर्तमान लेखा प्रणालीमा देखिएको कमजोरीले लोकतान्त्रिक शासन प्रणाली नै संकटमा पर्न सक्नेतर्फ सबै सचेत हुन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !