२० मंसिर २०८२, शनिबार

लुम्बिनीकाे युवा तथा खेलकुदमन्त्रीमा सन्तोषकुमार पाण्डेय

प्रकाशित मिति :  28 July, 2025 5:52 pm


देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मन्त्री पाण्डेलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आज बुटवलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि पटकपटक मन्त्री बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता पाण्डेय मन्त्री बनेको यो चौथो पटक हो । पाण्डेयको सपथसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट छन् भने ५ जना कांग्रेसबाट छन् । लोसपाका प्रदेशसभामा ३ जना सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !