१९ मंसिर २०८२, शुक्रबार

संङ्घीय लोकतान्त्रिक मोर्चाले ८ जिल्लामा तय गरेका कार्यक्रमका लागि संयोजक तोक्यो

प्रकाशित मिति :  29 July, 2025 10:25 am


काठमाडाैँ । संङ्घीय लोकतान्त्रिक मोर्चाले ८ जिल्लामा निर्धारित गरिएका कार्यक्रम सञ्चालनका लागि संयोजक पार्टी तोकेको छ ।

सोमवार सिंहदरबारमा बसेको संङ्घीय लोकतान्त्रिक मोर्चाको केन्द्रिय मुल समितिको बैठकले ८ जिल्लामा मोर्चाबाट गर्ने भनेका कार्यक्रमहरुका लागि संयोजक पार्टीहरु तोकेको हो ।

संयोजक तोकिएका पार्टीहरूले नै कार्यक्रमको अध्यक्षता गर्ने सहमति भएको पनि जनता समाजवादी पार्टी, नेपालका महासचिव रामकुमार शर्माले बताए ।उनकाअनुसार ८ जिल्लामा संघीय लोकतान्त्रिक मोर्चाबाट कार्यक्रम तय भएको र काठमाडौंमा लोकतान्त्रिक समाजावादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्नेे भएका छन् ।

त्यस्तै भैरहवामा नागरिक उन्मुक्ति, विराटनगरमा जसपा, नेपाल, राजविराजमा राष्ट्रिय मुक्ती पार्टी, जनकपुरमा तमलोपा, वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालगञ्जमा जनता प्रगतिशिल पार्टी र जसपा, नेपालले कार्यक्रमको संयोजन गर्नेछ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कार्यक्रमको तयारी र संयोजन गर्ने बताए । बैठकमा तराईमा खडेरीको समस्याबारे पनि छलफल भएको बताए

मोर्चाले सरकारलाई चुरे वन संरक्षणमा गम्भीर बन्न सुझाव दिएको छ । तत्काल राहत दिने र तराईमा दीर्घकालीन रूपमा समस्या समाधान गर्न माग गरेको छ । तत्कालको लागि सिंचाईका लागि डिप बोरिङको व्यवस्था गर्न, कृषि ऋणको व्यवस्था गर्न पनि माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !