१९ मंसिर २०८२, शुक्रबार

काँग्रेस-एमालेबिचको सात बुँदे सहमतिको उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु हाेः सभापति देउवा

प्रकाशित मिति :  29 July, 2025 5:24 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस–नेकपा एमालेबीचको सात बुँदे सहमतिको एउटा महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु रहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै उनले सशस्त्र द्वन्द्व, २०७२ को महाभूकम्प, कोभिड १९ महामारी, रुस–युक्रेनबीचको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको बताएका हुन्।

त्यसका बाबजुत पनि मुलुकले आर्थिक स्थायित्व कायम गर्न सक्नुमा २०४८ पछि नेपाली काँग्रेसले बसालेको बलियो अर्थतन्त्रको जग रहेको स्पष्ट पारे। वर्तमान अवस्थामा अर्थतन्त्रको वाह्य सूचकहरू सरकारको चालु खाता शोधनान्तर वचत निरन्तर बढ्दै गएको उल्लेख गरे। विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार हुनुका साथै रेमिटेन्सको उच्चदरमा वृद्धि भएको दाबी गरे। 

सभापति देउवाले गत वर्षको तुलनामा आयात १३.१ प्रतिशत र निर्यात ७७ प्रतिशतले वृद्धि भएको बताए ।



प्रतिक्रिया दिनुहोस !