२० मंसिर २०८२, शनिबार

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै

प्रकाशित मिति :  30 July, 2025 7:51 am


काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गर्न प्रस्ताव पेश गर्नेछिन् ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा बैठकलाई जानकारी गराइनेछ ।

यता, विधायन व्यवस्थापन समितिको बैठक भने आज बिहान १०ः३० बजे बस्दैछ । सो बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !