१९ मंसिर २०८२, शुक्रबार

नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  31 July, 2025 12:34 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताए ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गरे ।

नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको उल्लेख गर्दै नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरु अघि बढिरहेको बताए ।

“नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ । जसबाट हामी समृद्धि हाँसिल गर्न चाहन्छौँ । र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ । हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल र सुखी नेपाली हो,” उनले भने । प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !