१९ मंसिर २०८२, शुक्रबार

नेपाल विविधतामा समृद्ध सांस्कृतिक राष्ट्र हो: मन्त्री पाण्डे

प्रकाशित मिति :  31 July, 2025 1:35 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित सातौं राष्ट्रिय खिर खाने दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय राष्ट्र भएको उल्लेख गरे। उनले नेपाली समाजमा प्रचलित खानपान, भेषभूषा र पर्वहरू केवल परम्परागत संस्कृतिसँग मात्र नभई विज्ञान र जीवन दर्शनसँग समेत गहिरो सम्बन्ध भएको बताए ।

मन्त्री पाण्डेले नेपालका विभिन्न चाडपर्वहरुले मानव स्वास्थ्य, प्रकृति र मौसमसँगको सामञ्जस्य झल्काउने बताउँदै असार १५ मा दहीचिउरा खाएर शरीरमा ऊर्जा संचार गरिने र साउन १५ मा खिर खाएर चिसो हटाइने परम्परा वैज्ञानिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको उल्लेख गरे।

“हामी नेपालीहरु विविधतापूर्ण संस्कृति अवलम्बन गर्ने देशवासी हौँ,” मन्त्री पाण्डेले भने, “हाम्रा पर्वहरू, भेषभूषा, खानपान संस्कृतिसँग मात्रै होइन, जीवनदर्शन र स्वास्थ्य विज्ञानसँग समेत गाँसिएका छन् ।”

उजले खिर खाने साउन १५ को पर्व नेपाली जीवनशैलीसँग जोडिएको मौलिक सांस्कृतिक अभ्यास भएको बताउँदै यस्ता पर्वहरूले राष्ट्रिय पहिचान र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने धारणा राखे । मन्त्री पाण्डेले नयाँ पुस्ताले यस्ता पर्वहरूको महत्व बुझ्दै आत्मसात् गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस !