संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको छः मुख्यमन्त्री लामा
प्रकाशित मिति : 1 August, 2025 2:53 pm
काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताएका छन् ।शुक्रवार भक्तपुरमा वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको इच्छा, आकांक्षाअनुसार पूरा कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गरे ।उनले स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा आफूहरूले प्रमाणित गरेको बताए ।
“स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा हामीले प्रमाणित गरेका छौँ । संघीयता आइसकेपछि रोग निवारण गर्नका लागि स्वास्थ्य मन्त्रालय, अरू मन्त्रालयहरू पनि मिलेर काम गरिरहेका छाैँ । संघीयतापछि नेपाल सरकारले गरेका कामहरू धेरै छन्,” उनले भने ।








