१९ मंसिर २०८२, शुक्रबार

सरकारले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रूपमा अघि बढाउँदै

प्रकाशित मिति :  1 August, 2025 6:38 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण व्युरोलाई छुट्टै विभागअन्तर्गत अघि बढाउने बताएका छन् ।

शुक्रवार लागुऔषध नियन्त्रण व्युरोको कोटेश्वरस्थित कार्यालयमा अवलोकन एवं निरीक्षणका क्रममा पुगेका गृहमन्त्री लेखकले नेपालमा लागुऔषधको बिगबिगी धेरै बढेर गएको बताए।

यो ठूलो चुनौति बनिरहेकाले विभाग बनाएरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले लागुऔषधले नेपालको युवा पुस्तालाई नराम्रोसँग प्रभावित गरेको बताए । लागुऔषधको विषयलाई गम्भीर रूपमा लिएर सरकारले काम गरिरहेको बताए । मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी कार्य गरिरहेको बताए । मुलुकलाई लागुऔषध मुक्त बनाउन निर्मम र कडाईका ढंगबाट काम गर्न जरुरी रहेको पनि बताए ।

गृहमन्त्री लेखकले अरु देशका राम्रा अभ्यास हेरेर कसरी विभाग बनाइ अघि बढाउने भन्ने सुझाव दिन पनि निर्देशन दिए । लागुऔषधको नियन्त्रण, प्रभावको न्युनिकरण र अपराधजन्य कार्यको ठिक ढंगबाट अनुसन्धान गरी अपराधीलाई सजाय दिलाउने काममा मन्त्रालयको सहयोग सदैव हुने बताए ।



प्रतिक्रिया दिनुहोस !