नेपालमा ब्राउन सुगर शतप्रतिशत भारतबाट आयात हुन्छः प्रहरी वरिष्ठ उपरीक्षक कोइराला
प्रकाशित मिति : 1 August, 2025 6:43 pm
काठमाडाैँ । ब्राउन सुगर नेपालमा शतप्रतिशत भारतबाट आयात हुने गरेको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाकाअनुसार ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ ।
ब्राउन सुगर नेपालमा मुख्य रूपमा खपत हुने गरेको बताए । लागुऔषधहरू नेपाललार्य ट्रान्जिट बनाउँदै कोलम्बिया, पेरु, युएई, भारत, कतार र इथोपिया लगायतका देशहरुमा जाने गरेको बताए । उनले नेपापलमै पनि गैरकानूनी रुपमा गाँजा र अफिम खेती हुने गरेको बताए ।
उनले खैरो हिरोइन जस्ता लागुऔषध नेपालबाट युरोपियन देशहरूमा बढी जाने गरेको बताए ।








