१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन्ः अध्यक्ष दाहाल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताएका छन् ।
आइतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उनको भनाइ छ ।
आफूहरूले शहीदका सपना पूरा गर्नका लागि जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महशुस गरेर अहिले शहीद,बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम शुरु गरेको बताए । शहीदहरूको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महशुस भएको पनि बताए ।
प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध शहीदहरूका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गरे । नेपालमा फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताए । अध्यक्ष दाहालले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि बताए ।








