१९ मंसिर २०८२, शुक्रबार

ज्ञानेन्द्र शाह असली राजा होइनन्ः ओली

प्रकाशित मिति :  3 August, 2025 5:18 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् ।

आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताएका हुन् ।

वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ । २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभूवन भागेर भारत जानुभएको भन्दै त्यही बेला अग्रजहरूले राजा बाहेक अरूमा सम्झौता गर्छौं भनेको भए ठिक हुने टिप्पणी गरे । त्यही त्रुटीले २०६५ सम्म सामन्तवादीको अधिनमा रहनुपरेको बताए ।

प्रधानमन्त्री ओलीले राजतन्त्र षड्यन्त्रकारी शासन भएको आरोप लगाउँदै २०६५ साल जेठ १५ गते भएको बताए ।



प्रतिक्रिया दिनुहोस !