१६ चैत्र २०८०, शुक्रबार

२४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिए,१ सय १७ जना निको

प्रकाशित मिति :  16 June, 2020 4:35 pm


काठमाण्डौं,२ असार ।

पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ८० जना संक्रमित थपिएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार झापामा १,पाँचथरमा १, सुनसरीमा २,सिराहामा २, रौतहटमा ५२,महोत्तरीमा १७ जना, पर्साका २ जना, गोरखाका १०, नवलपरासी पूर्वका ३ जना, बागलुङमा १,तनहुँमा २, कास्कीमा ३, स्याङजामा ४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै अछाममा १, बैतडीमा २१, डोटीमा २०, कञ्चनपुरमा ११ जना, कैलालीमा २३, बाकेमा १, बर्दियामा ९ जना, सप्तरीमा ३ जना, अर्घाखाँचीमा ९ जना संक्रमित भेटिएका छन् । रुपन्देहीमा ४, दैलेखमा ५, सुर्खेतमा ४ जना, धनुषामा २१ जना, रामेछापमा १, सल्यानमा १, दाङ १० महिलासहित ५६ जना संक्रमित भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै काठमाण्डौंमा १, महोत्तरीमा ७२ जना, मोरङमा १ जना, रोल्पाका १ जना, सर्लाहीमा १६ जना कोरोना संक्रमित भएको प्रवक्ता गौतमले जानकारी गराएका छन् ।

यो संगै कूल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । २४ घण्टामा ५ हजार ५५ जनामा पीसीआर परीक्षण गर्दा ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै थप १ सय १७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

अहिलेसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस !