कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज आइतबार देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशलगायत देशका अन्य पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान छ ।
मधेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिइएको छ ।








