१२ श्रावण २०८१, शनिबार

रूपन्देहीकाे स्टार हाेटेलमा युनियन खाेल्न पाउनुपर्ने कर्मचारीकाे माग

प्रकाशित मिति :  15 November, 2019 6:41 pm


रूपन्देही । स्टार होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीले युनियन खोल्न पाउनुपर्ने माग गरेका छन् । रुपन्देहीको मधौलियमा २ वर्षदेखी सञ्चालनमा आएको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले युनियन दर्ताको माग राखेका हुन् । उनीहरुले युनियन दर्ताको माग राख्दै श्रम कार्यालय बुटवलमा निवदेन दिएपछि टाइगर प्यालेसको व्यवस्थापन पक्षले युनियनमा अवरोध सिर्जना गरेको एक कर्मचारीले जानकारी दिए ।

कात्तिक २२ गते श्रम कार्यालय बुटवलमा २०८ जना कर्मचारीहरुले  दर्ताको लागी निवेदन दिएका थिए ।  कर्मचारीले निवदेन दिएपछि व्यवस्थापन पक्षले जागिरबाट निकाल्ने धक्की दिँदै आएको आरोप कर्मचारीहरुले लगाएका छन् । व्यवस्थापन पक्षले धम्की दिएपछि कर्मचारीहरुले त्यसको विरोध गर्र्दै श्रम कार्यालय बुटवलमा नारावाजी समेत गरेका छन् । कर्मचारीहरुले कानुनअनुसार  युनियन दर्ता गर्न पाउनुपर्ने माग समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !