१९ मंसिर २०८२, शुक्रबार

राप्ती गाउँपालिका मौरीघाटमा कृष्ण अष्टमीका अवसरमा सांस्कृतिक कार्यक्रम हुने

प्रकाशित मिति :  15 August, 2025 7:12 pm


लक्ष्मी पाेखरेल
दाङ ।
राप्ती गाउँपालिका–४ मौरीघाटस्थित संकट मच्चन हनुमान मन्दिरमा कृष्ण अष्टमीको अवसर पारेर यही श्रावण ३१ गते विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रम अन्तर्गत बिहान ८ बजेदेखि राधाकृष्णको पूजाआजा सुरु हुनेछ भने दिउँसो ३ बजेदेखि साँझ ९ बजे सम्म भजन–कीर्तनसहित विविध सांस्कृतिक प्रस्तुति हुने आयोजकहरूले जानकारी दिएका छन् । कार्यक्रम स्थल मौरीघाट पेट्रोल पम्पको दक्षिणतर्फ रहेको मन्दिर परिसरमा हुनेछ ।

सोही अवसरमा झाँकी नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु. २,०००, द्वितीय हुनेलाई रु. १,००० र तृतीय हुनेलाई रु. ५०० पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक शंकर गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !