१९ मंसिर २०८२, शुक्रबार

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  20 August, 2025 6:28 am


दाङ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका कारण नेपालमा मनसुन केही कमजोर देखिएको जनाएको छ तर पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेकाले वर्षा हुने अवस्था बनेको छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली भएको महाशाखाले जनाएको छ ।

यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । साथै पछिल्लो मौसमी सूचना नियमित रुपमा बुझ्न सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !