८ जेष्ठ २०८१, मंगलबार

कपिलवस्तुमा १० र रुपन्देहीमा ४ जना थप कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  17 June, 2020 12:51 pm


रुपन्देही,३ असार ।

कपिलवस्तुमा १० र रुपन्देहीमा ४ जना थप कोरोना संक्रमित भेटिएका छन् ।

कपिलवस्तुको वाडगंगा नगरपालिकाका वाड नं. ८ का १, वडा नं. ९ का १ जना,  शिवराज नगरपालिका वाड नं. २ का १, वाड नं. ४ का १ जना, वाड नं. ८ का १ र वाड नं. ९ का १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बुद्द्भूमि नगरपालिका वाड नं. ७ का ३, वाड नं. ८ का १ जनामा पनि कोरनो संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अहिलेसम्म कपिलवस्तुमा सन्क्रमितको संख्या ६५७ पुगेको छ ।

रुपन्देहीमा नगरपालिकाका ४ जनामा कोरोना संक्रण देखिएको स्वास्थय कार्यालय रुपन्देहीले जनाएको छ । त्यो संगै रूपन्देहीमा कोरोना संक्रमितको संख्या २ सय ३४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !