१९ मंसिर २०८२, शुक्रबार

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

प्रकाशित मिति :  24 August, 2025 8:03 am


काठमाडौँ । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज समूह चरणको तेस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवै टिमले अहिलेसम्म २–२ खेल खेलेका छन् । नेपालले भारतसँग पहिलो खेलमा ७–० को ठूलो हार बेहोरेको भए पनि दोस्रो खेलमा घरेलु टोली भुटानलाई २–१ ले पराजित गरेको थियो ।

उता, बंगलादेशले भुटानलाई ३–१ ले हराउँदै पहिलो जित निकालेको थियो भने दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएको थियो ।

प्रतियोगितामा अहिलेसम्म भारत ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश र नेपालसँग समान ३–३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

आजै हुने अर्को खेलमा भारत र भुटान आमनेसामने हुनेछन् । प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपालका लागि बंगलादेशविरुद्धको खेल महत्वपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस !