आज देशभर वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ । राजधानी काठमाडौँमा आज बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे मौसम बुलेटिनमा दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने उल्लेख गरिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार विशेषगरी कोशी प्रदेशको पहाडी भूभाग, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।








