१९ मंसिर २०८२, शुक्रबार

आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना

प्रकाशित मिति :  16 September, 2025 6:31 am


काठमाडौँ । देशका केही स्थानमा आज वर्षा हुने मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै क्षेत्रमा मध्यम वर्षा हुने देखिन्छ ।

यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ । विभागले राति पनि देशभर सामान्य बदली रहने जनाएको छ ।

राति कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ । कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमै छ । साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा कायम रहेको छ ।

विभागले सम्भावित वर्षाका कारण पहिरो, बाढी तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !