१५ बैशाख २०८१, शनिबार

नेपालमा कारोना संक्रमितको संख्या ८ हजार नाघ्यो, २४ घण्टामा ४२६ जना थपिए

प्रकाशित मिति :  19 June, 2020 4:35 pm


काठमाडौं, ५ असार ।

नेपालमा कारोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २६ जना संक्रमित थपिदा कूल संख्या ८ हजार २ सय ७४ पुगेको जानकारी दिए ।

२४ घण्टामा ६ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित मध्य १४ सय २ जना निको भएर फर्किएका छन् भने २२ जनाको ज्यान गएको छ ।

देशभर ६ हजार ८ सय ५० जना आइसोलेशनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए । अहिलेसम्म देश भर कोरोना संक्रमण फैलिएको जिल्ला ७४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !