१९ मंसिर २०८२, शुक्रबार

आज पनि देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति :  20 September, 2025 7:52 am


काठमाडौँ । मनसुनको न्यून चापीय रेखा हाल पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभाव स्वरूप आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका अन्य भू–भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !