१९ मंसिर २०८२, शुक्रबार

आज सूर्यग्रहण लाग्ने : नेपालबाट सूर्यग्रहण नदेखिने

प्रकाशित मिति :  21 September, 2025 11:22 am


काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको कुनै सुतक नलाग्ने जनाएको छ ।

समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहणबारे वैदिक सनातन हिन्दू धर्मावलम्बीबीच धेरै प्रश्न आएका थिए ।

‘‘सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कति बजेदेखि लाग्छ भन्ने प्रश्न आएका थिए तर नेपालमा ग्रहण नदेखिने भएकाले न त बार्नु पर्छ न त दोष लाग्छ,’’ भट्टराईले बताए ।

उनका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको छ । आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिका लगायतका देशबाट मात्र देखिने खगोलशास्त्रीहरूले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !