१९ मंसिर २०८२, शुक्रबार

बडा दसैँ सुरु : नवरात्रिको पहिलो दिन घटस्थापना सम्पन्न

प्रकाशित मिति :  22 September, 2025 8:11 am


काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडा दशैं आजबाट सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस पर्वको मुख्य आकर्षण नवरात्रि, अर्थात् नौ दिनसम्म चल्ने दुर्गा पूजा हो ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने नवरात्रिमा देवी दुर्गाका नौ रूपहरूको पूजा गरिन्छ। पहिलो दिन घटस्थापनामा शैलपुत्री देवीको आराधना गरिन्छ । हिमालयकी पुत्रीका रूपमा पूजिने शैलपुत्रीको श्रद्धापूर्वक पूजा गर्दै घरघरमा जमरा राख्ने परम्परा आज सम्पन्न गरिएको छ ।

यस अवसरमा काठमाडौं उपत्यकाका गुह्यश्वरी, नक्साल भगवती, मैतीदेवी, भद्रकाली, शोभाभगवतीलगायतका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ । भक्तजनहरूले विधिपूर्वक पूजाआजा गरी देवी दुर्गाको आराधना गर्दै परिवारको सुख–शान्ति र समृद्धिको कामना गरेका छन् ।

देशभरका मन्दिर, शक्तिपीठ र घरघरमा विशेष पूजापाठको वातावरण बनेको छ भने नवरात्रि सुरु भएसँगै दशैंको उत्सवमय रौनक पनि थपिएको छ ।



प्रतिक्रिया दिनुहोस !