२० बैशाख २०८१, बिहिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

प्रकाशित मिति :  19 June, 2020 9:06 pm


दाङ, ५ असार ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएसंँगै अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिने भएको हो ।

शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको उनले जानकारी दिए ।  अस्पतालले सेवा नदिने भएपछि उपचारका लागि प्रतिष्ठानमा आएका बिरामीलाई अन्य अस्पतालमा सिफारिश गरिने छ ।

बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अन्य अस्पताललाई अनुरोधसमेत गरिएको छ । सङ्क्रमित चिकित्सकको सामान्य छ । अहिले प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण पनि भइरहेकाले यो सेवा भने नियमित चल्नेछ ।

आजै पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकश्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।शिशिर देवकोटाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाव परीक्षणका क्रममा अस्पतालका ५ जना स्वास्थ्यकर्मीको नतिजा पोजेटिभ आएपछि आकश्मिक बाहेकका सबै सेवा बन्द गरीएको जानकारी गराएका छन् ।

संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !