१९ मंसिर २०८२, शुक्रबार

आज देशका केही ठाउँमा वर्षाको सम्भावना

प्रकाशित मिति :  26 September, 2025 6:12 am


काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा गएराति मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रुकुममा भने मध्यम वर्षा भए पनि अन्य ठाउँमा विशेष वर्षा नपरेको महाशाखाको जानकारी छ ।

आज दिनभर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुने देखिएको छ ।

यस्तै, बाँकी भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !