१९ मंसिर २०८२, शुक्रबार

देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  4 October, 2025 7:38 am


काठमाडाैँ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभावका कारण आज देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थान र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा धेरै भारी वर्षाको पनि जोखिम रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बादल लागेको अवस्थामा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान छ। लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थान र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस !