देशभर मनसुनी प्रभाव कायमै : विभिन्न प्रदेशमा मध्यम वर्षाको सम्भावना
दाङ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार सोमबार देशका कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतः बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने तथा कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
विभागले यात्रु तथा स्थानीयवासीलाई पहिरो, चट्याङ र आकस्मिक बाढीको जोखिमका कारण सतर्क रहन अनुरोध गरेको छ।








