१९ मंसिर २०८२, शुक्रबार

नेपालबाट बाहिरिदै माैसम : देशभर मुख्यतया सफा मौसम रहने

प्रकाशित मिति :  11 October, 2025 7:14 am


दाङ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट शुक्रबारदेखि पूर्ण रूपमा बाहिरिएको छ । मनसुन अन्त्यसँगै अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ ।

यस्तै, कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना पनि रहेको छ । आज राति पनि कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहँदा बाँकी भू–भागमा सफा मौसम रहने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !