१९ मंसिर २०८२, शुक्रबार

देशभर स्थिर मौसमी अवस्था, यात्रु र कृषकलाई सहजता

प्रकाशित मिति :  13 October, 2025 7:09 am


दाङ । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिँदा हावापानी सामान्य र स्थिर बनेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना भए पनि अन्य प्रदेशमा खुला आकाशका कारण हवाई उडान, सडक यात्रा र कृषकका मौसमी गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।

महाशाखाका अनुसार आज राति पनि देशभर मौसम मुख्यतया सफा रहनेछ, जसले पर्वतारोहण, यातायात र दैनिक जनजीवनमा सहज वातावरण निर्माण गरेको छ। मौसम विज्ञहरूले आगामी केही दिनसम्म पनि सामान्य स्थिरता रहिरहने पूर्वानुमान गरेका छन्।



प्रतिक्रिया दिनुहोस !