१९ मंसिर २०८२, शुक्रबार

आज देशभर मौसम सफा हुन : पहाडी क्षेत्रमा मात्र आंशिक बदली

प्रकाशित मिति :  15 October, 2025 7:13 am


काठमाडौँ । आज देशभर मौसम सामान्यतः सफा रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएकाले देशका अधिकांश भागमा मौसम स्थिर र खुला रहनेछ ।

महाशाखाले दिएको विवरणअनुसार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ ।

कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । तर आज राति देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !