आजकाे माैसम : देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन
प्रकाशित मिति : 21 October, 2025 7:11 am
काठमाडाैँ । जल तथा मौसम विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मुख्यतः सफा मौसम रहने विभागले जनाएको छ ।
कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । विभागका अनुसार आज राति देशभरको मौसम मुख्यतः सफा रहनेछ ।








