नेपाल संवत् ११४६ : देशभर विभिन्न कार्यक्रमसहित नयाँ वर्ष मनाइयो
प्रकाशित मिति : 22 October, 2025 11:11 am
काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नयाँ वर्षको रूपमा विशेषगरी नेवार समुदायले यस पर्व मनाउने परम्परा छ।
इतिहास अनुसार, राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (ई.स. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गरेका थिए । यस कार्यले सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गर्दै मुलुकमा मौलिक संवतको स्थापनामा योगदान गरेको मानिन्छ।
विसं २००७ मा प्रजातन्त्र स्थापना भएयता नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउने अभियान चलाइयो। काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा–भीमेश्वरलगायत क्षेत्रका नेवार समुदायले विशेषरुपमा यस पर्व मनाउँछन्।
२०५६ सालको नयाँ वर्षमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साःख्वालाई सामाजिक योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरेका थिए।








