पश्चिमी वायुको आंशिक प्रभाव : केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ ।
सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी, आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा मौसम रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम विज्ञहरूले हालको पश्चिमी वायुको प्रभाव सामान्य रहेको बताए पनि उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।








