२२ बैशाख २०८१, शनिबार

सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

प्रकाशित मिति :  23 June, 2020 12:47 pm


काठमाडौं, ९ असार ।

कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ ।

हिजो भन्दा आज ४ सय रुपैयाँले सुनको भाउ कम भएको हो । हिजो छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै एक तोला तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदी को मूल्य ९४० रुपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस !