४ जेष्ठ २०८१, शुक्रबार

कोरोना संक्रमितको संख्या विश्वभर ९२ लाख भन्दा माथी

प्रकाशित मिति :  24 June, 2020 7:45 am


काठमाडौं, १० असार ।

कोरोना संक्रमितको संख्या विश्वभर ९२ लाख पार गरेको छ ।

विश्वव्यापी फैलिएको कोरोनाबाट अहिलेसम्म ९२ लाख ३७ हजार ६ सय ४० जना संक्रमित बनेका छन् । मृतकको संख्या ४ लाख ७६ हजार ९ सय ११ पुगेको छ ।

संक्रमित देशमा अमेरीका शिर्ष स्थानमा छ जहाँ अहिलेसम्म २३ लाख ४५ हजार ८ सय ५४ जना संक्रमित रहेका छन् । मृतकको संख्या १ लाख २१ हजार २ सय १७ रहेको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ११ लाख ४५ हजार ९ सय ९ र मृतकको संख्या ५२ हजार ६ सय ४५ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । ।

तेस्रो स्थानमा रहेको रसियामा अहिलेसम्म ५ लाख ९८ हजार ८ सय ७८ जना संक्रमित छन् यद्यपी मृतकको संख्या ८ हजार ३ सय ४९ छ । छिमेकी मुलुक भारत चौथो स्थानमा छ ।

अहिलेसम्म भारतमा संक्रमितको संखया ४ लाख ४० हजार २ सय १४ र मृतकको संख्या १४ हजार ११ छ । कोरोनाका कारण मृतकका र संक्रमितको संख्या बढेपनि लकडाउन विश्वभर नै लकडाउन खुकुलो बनाउन सुरु गरिएको छ । सबैभन्दा बढी प्रभावित अमेरीकामा विस्तारै लकडाउन खुकुलो बनाईएको छ ।



प्रतिक्रिया दिनुहोस !