१९ मंसिर २०८२, शुक्रबार

विभिन्न कार्यक्रम गरी सत्य साई बाबाको शताब्दी जन्माेत्सव मनाइयो

प्रकाशित मिति :  23 November, 2025 2:20 pm


दाङ । दाङको रतनपुरस्थित सत्य साई भजन समूहले सत्य साई बाबाको शताब्दीऔं जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

पहिलो दिन मंसिर ३ गते महिला दिवसको अवसर पारेर कुसी दौड प्रतियोगीता र मन्दिर, पाटी पौवा र टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी दोस्रो दिन युवा दिवसको अवसर पारेर युवाहरुले पनि सरसफाई र खेलकुद प्रतियोगीताको आयोजना गरिएको छ ।

त्यस्तै तेस्रो दिन मंसिर ५ गते बालदिवसको अवसर पारेर बालबालिकाका लागि खेलकुद र सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । चौथो दिन मंसिर ६ गते सेवा दिवसको अवसर पारेर रक्तदान र बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

रक्तसञ्चार केन्द्र घोराहीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सिर्जना डिसीले जानकारी दिइन् ।

समूहकी अध्यक्ष मनकला डिसीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा पूर्णबहादुर रोका, हुमा थापा, सुनिता रोका, बिनिता रोका, सिर्जना डिसी, मीना बस्नेत, विकास शाह, सुशीला केसी, सञ्जय विसी, निरज चौधरी, बाबु घर्ती मगर, रेगत केसी, नवराज सापकोटा, दीपा सिंह र अङ्कित रावलले रक्तदान गरेका थिए ।

रक्तदानमार्फत् समुदायमा सेवा, सहानुभूति र मानव कल्याणको सन्देश फैलाउने उद्देश्य रक्तदान कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक डिसीले जानकारी दिइन् ।

उनका अनुसार शताब्दी उत्सवको अवसरमा समूहले गोरखा हस्पिटलमा उपचाररत २४ जना बिरामीलाई फलफूल वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै समूहकी आध्यात्मक उपसंयोजक कलावती डाँगीले सत्य साई दर्शनले मानवीय सेवा र करुणालाई मूल मूल्यको रूपमा अघि बढाउने बताइन् ।

सेवा, भक्ति र सहयोगलाई जोडेर मनाइएको यस वर्षको शताब्दी उत्सवले समुदायमा सकारात्मक उदाहरण स्थापना गरेको उनको भनाइ थियो । कार्यक्रममा गोरखा हस्पिटलका एमडी दिनेश आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी पाँचौं दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा घोराही बजार परिक्रमा गरिएको थियो । सोही दिन साँझ पञ्चकन्याद्वारा केक काटेर जन्मोत्सवको समापन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !