२३ बैशाख २०८१, आइतबार

रुकुम पश्चिम घटनामा वडा अध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

प्रकाशित मिति :  24 June, 2020 9:30 pm


रुकुम पश्चिम, १० असार ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्यान गर्ने गरी भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेकको वहस सकिएपछि न्यायाधीश विद्याराज पौडेलको इजलासले वडा अध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन र घटनामा ज्यान गुमाएका नवराज विकसँग प्रेम सम्बन्ध भएकी युवतीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

विककी प्रेमिका भनिएकी युवतीसहित दुई जना भने उमेनर नपुगेको भन्दै सुधारगृह पठाउन अदालतले आदेश दिईसकेको छ । घटनामा संलग्न रहेको आरोप लागेका अन्य ५ जना अझैसम्म फरार छन्। ३ जना लाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ सोतीकी मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न भन्दै जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए ।

केटीको गाँउ पुगेपछि विक पक्ष र केटी पक्षबीच झडप भएको थियो । झडपका क्रममा भेरी नदिमा वेपत्ता भएका नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले आक्रमणपछि भाग्दै गरेक नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेको थियो ।

घटनाको देशव्यापी विरोध भएपछि छानविन गर्न भन्दै संसदीय छानविन समिति बनेको छ भने गृहमन्त्रालय अन्तर्गतपनि छुट्टै अनुसन्धान कमिटी बनेको थियो ।



प्रतिक्रिया दिनुहोस !